पछिल्लो सर्वेक्षणमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको अन्तर घट्यो, ट्रम्प झिनो अन्तरले अगाडि


प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

राष्ट्रपति जो बाइडेन चुनावी मैदानबाट पछाडि हटेपछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको अन्तर अत्यन्तै झिनो बनेको छ । सम्भावित मतदाताहरूबीच उनीहरुको अन्तर एक प्रतिशतको बिन्दुले अगाडि पछाडि रहेको छ । अर्थात् न्यूयोर्क टाइम्स र सिएना कलेज सर्वेक्षणमा कमला ह्यारिसभन्दा डोनाल्ड ट्रम्प झिनो अन्तरलेमात्र अगाडि देखिएका छन् ।

पार्टी नेताहरूको दबाबमा राष्ट्रपति बाइडेनले आफ्नो चुनावी अभियान त्यागेको केही दिन पछिको सर्वेक्षणमा जम्मा १४ प्रतिशत डेमोक्रेटिक मतदातालेमात्र कमला ह्यारिसको विकल्प खोजेका छन् । ७० प्रतिशत डेमोक्रेटिक पार्टीका मतदाताहरुले सबैजना ह्यारिसको वरपर गोलवद्ध र एकीकरण हुनुपर्ने बताएका छन् ।

ट्रम्पले हेड टू हेड म्याचमा सम्भावित मतदाताहरूमध्ये ४८ प्रतिशतको समर्थन पाएका छन् भने ह्यारिसले ४७ प्रतिशतको समर्थन पाएकी छिन् । अर्थात् ट्रम्प १ प्रतिशतलेमात्र अगाडि छन् । जुलाईको शुरुमा न्यूयोर्क टाइम्स र सिएना कलेजको सर्वेक्षणको तुलनामा यो डेमोक्र्याटहरूको लागि उल्लेखनीय सुधार हो । किनभने त्यतीबेला बाइडेन छ प्रतिशतले पछाडि थिए ।

रजिष्ट्रर्ड मतदातामाझ ट्रम्पले ह्यारिसको तुलनमा २ प्रतिशतले अग्रता लिएका छन् । अर्थात् ४८ प्रतिशतले ट्रम्पलाई र ४६ प्रतिशतले ह्यारिसलाई समर्थन गरेका छन् । ट्रम्पले बहसपछिको सर्वेक्षणमा जिष्ट्रर्ड मतदातामाझ बाइडेनभन्दा नौ प्रतिशतले अग्रता कायम गरेका थिए ।

सर्वेक्षणले आधुनिक अमेरिकी इतिहासको सबैभन्दा अस्थिर र अप्रत्याशित अवधिको बीचमा राष्ट्रपति पदको दौडको परिदृश्य प्रदान गर्दछ। डेमोक्र्याटहरूले अचानक नयाँ उम्मेदवार पाएका छन्। र, ट्रम्प एक हत्या प्रयासबाट बाँचेको दुई हप्ता भन्दा कम अवधि भएको छ ।

सर्वेक्षणमा ह्यारिसले ३० वर्ष मुनिका मतदाताहरू र हिस्पानिक मतदाताहरूबाट लगभग ६० प्रतिशत समर्थन जुटाएको देखाएको छ । बाइडेनले यी समूहहरूको समर्थन पाउन निरन्तर संघर्ष गरेका थिए । ४५ वर्ष मुनिका मतदाताहरूमाझ ह्यारिस १० प्रतिशत अंकले अगाडि छिन् । ट्रम्पले बाइडेनमाथि त्यो समूहमा पनि अग्रता कायम गरेको तीन हप्ताभन्दा कम समय पछि ह्यारिसले उछिनेकी हुन् ।

चुनावी दौडमा मतदाताहरुको रुची पनि बढेको छ । बहस अघि मात्र ४८ प्रतिशत मतदाताले राष्ट्रपतिको चुनावी अभियानमा ध्यान दिएको बताएका थिए । त्यो संख्या अहिले ६४ प्रतिशतमा छ । यद्यपि स्वतन्त्रहरूको चासो डेमोक्र्याट र रिपब्लिकनहरूको भन्दा पछाडि छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com