न्युयोर्कका १० लाख बासिन्दालाई राज्यबाट चेक पठाउन सुरु, कस्ले पाउनसक्छ १ हजार डलरसम्म?


प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार

pexels-photo-164527.jpeg

धेरै न्युयोर्कबासीहरुले चाँडै नै न्युयोर्क राज्य सरकारबाट सयौं वा हजारौं डलर नगद प्राप्त गर्ने भएका छन् । गभर्नर क्याथी होकुलले मध्यम र कम आय भएका बासिन्दाहरूको लागि पूरक भुक्तानीमा ३५० मिलियन डलरको घोषणा गरेपछि अबको केही दिनमा धेरै न्युयोर्कबासीहरुले चेक प्राप्त गर्ने भएका छन् ।

अगस्टको अन्त्यसम्ममा दश लाख न्युयोर्कका बासिन्दाहरुले हुलाकबाट चेक प्राप्त गर्नेछन्। यो रकम आम्दानी र परिवारको आकारमा निर्भर हुनेछ । १७ बषैभन्दा कम उमेरका बच्चा भएको परिवारलेमात्र उक्त रकम प्राप्त गर्नेछन् ।

केही व्यक्तिहरूले प्रति बच्चा ३३० डलरसम्म प्राप्त गर्नेछन्। यदि तीन बच्चाहरू भएमा उक्त परिवारले १ हजारडलरसम्म पाउन सक्नेछ । न्युयोर्कवासीहरूले यो भुक्तानी प्राप्त गर्न केही कदम चाल्नु पर्दैन । कुनै फारमहरू पनि भर्नुपर्दैन । राज्यले अगस्ट १ बाट परिवारहरूलाई चेक पठाउन सुरु गरेको छ ।

सन् २०२३ मा कम्तीमा १ सयडलर एम्पायर स्टेट चाइल्ड ट्याक्स क्रेडिटको लागि योग्य भएका र समयमै कर बुझाउने सबै अभिभावकहरूले स्वत हुलाकमार्फत चेक प्राप्त गर्नेछन्। बार्षिक १ लाख १० हजार वा सोभन्दा कम कमाउने विवाहित जोडी, ७५ हजार डलर वा सो कम कमाउने एकल अभिभावक र ५५ हजार वा सोभन्दा कम कमाउने विवाहित तर अलग अलग ट्याक्स फाइल गर्नेहरु चेक प्राप्त गर्न योग्य हुनेछन् ।

पूरक भुक्तानीहरू गत वर्षको लागि करदाताको चाइल्ड ट्याक्स क्रेडिटको रकमको २५ देखि १०० प्रतिशत सम्म हुनेछ। कति प्रतिशत हुने भन्ने कुरा परिवारको आयमा आधारित हुन्छ । यसरी प्राप्त गरेको रकम आगामी ट्याक्स फाइल गर्दा रिपोर्ट गर्न आवश्यक छैन।

यदि बसाईसराई गरेको भएमा अनलाइन एकाउन्टमा गएर ठेगाना अपडेट गर्नुपर्छ । त्यसका लागि एकाउन्ट बनाउन वा पहिले एकाउन्ट भएमा लगइन गरेर ठेगाना परिवर्तन गर्नुपर्छ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com