२ साता अघि क्यानडामा बेपत्ता २२ बर्षीय प्रजल कार्कीको अवस्था अझै अज्ञात


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

२ साता अघि क्यानडामा बेपत्ता २२ बर्षीय प्रजल कार्कीको अवस्था अझै अज्ञात रहेको छ । परिवारका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्टमा कार्की अगस्त ८ देखि बेपत्ता भएको उल्लेख गरिएको छ । पातलो शरीर भएका उनको कालो कपाल रहेको र ५ दशमलव ५ फिट उचाई रहेको जनाइएको छ ।

प्रजललाई अन्तिम पटक ओन्टारियो स्कारबोरोको वार्डन एभिन्यु र सेन्ट क्लेयर एभिन्यु ईष्ट वरपर देखिएको थियो । कसैसँग कुनै जानकारी भएका वा उनलाई देखेमा तुरुन्तै टोरन्टो पुलिसलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उनी अध्ययनका लागि क्यानडा आएको जनाइएको छ । दुई वर्षअघि क्यानडा आएका उनी टोरन्टो क्षेत्रको एउटा कलेजमा अध्ययनरत छन् । उनको स्थायी घर नेपालमा झापा रहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com