उल्लेख्य रुपमा घटे अमेरिकामा भिजिटर भिसामा ओभरस्टे हुने नेपालीहरु


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

अमेरिकामा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको संख्या उल्लेख्य रुपमा घटेको छ । अमेरिकामा आर्थिक बर्ष २०२३ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव १९ प्रतिशत रहेको छ । जसमध्ये ३ दशमलव ६० प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसे भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष सन् २०२३ मा २४ हजार ७ सय २३ जनाले अमेरिका छाडने अपेक्षा गरिएको थियो तर त्यसमध्ये १ हजार ३६ जना ओभरस्टे भए, त्यसमा ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बस्नेहरु ८९० जना थिए भने १४६ जनाले ओभरस्टे भएपछि अमेरिका छाडेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा यो प्रतिशत र संख्या दुबैको हिसाबले कम हो ।

अमेरिकामा आर्थिक बर्ष २०२२ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर १२ दशमलव ३१ प्रतिशत रहेको थियो । जसमध्ये १० दशमलव ८९ प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसेका थिए भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक बर्ष २०२२ मा अमेरिकामा भिजिटर भिसामा रहेका १४ हजार ६९९ जनाले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर उनीहरुमध्ये २०८ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १६०१ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसे । यसरी आर्थिक बर्ष २०२२ मा कुल १८०९ जना भिजिटर भिसामा रहेका नेपालीहरु ओभरस्टे भए । उनीहरु भिसा अवधि नसकिदै अमेरिकाबाट फर्केनन् भने अमेरिकामा पनि स्टाटस परिवर्तन गरेनन् वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएनन् ।

आर्थिक बर्ष २०२१ को तुलनामा २०२२ को दर झण्डै दोब्बर थियो । आर्थिक बर्ष २०२१ मा अमेरिकामा भिजिटर भिसामा रहेका ३५०७ जना नेपालीहरुले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर १५२ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १४६ जना ओभरस्टे भएर पनि अमेरिकामा नै बसिरहे । यसरी आर्थिक बर्ष २०२१ मा कुल २९८ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । प्रतिशतमा हेर्दा भिजिटर भिसामा आएका नेपालीको कुल ओभरस्टे दर ८ दशमलव ५ प्रतिशत थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ४ दशमलव १६ प्रतिशत थिए ।

कोरोना महामारीका बाबजुत पनि आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा आएका जम्मा १२६१ जना नेपालीहरु ओभरस्टे भए । जसमध्ये ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए ।

आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा आएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको थियो । अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष २०२० मा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी थियो ।

आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ३ दशमलव ३८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ४९ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ३६ प्रतिशत रहेको थियो । अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ५७ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१७ मा भिजिटर भिसामा अमेरिका गएका २४ हजार २ सय ४० नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४५० जना अमेरिकाभित्रै ओभरस्टे भए भने ११४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर २ दशमलव ३३ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर १ दशमलव ८६ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१६ मा भिजिटर भिसामा अमेरिका गएका १८ हजार ७ सय ७५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ७८९ जना अमेरिकाभित्रै ओभरस्टे भए भने १५७ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ९४६ र दर ५ दशमलव ४ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ४ दशमलव २ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१५ मा भिजिटर भिसामा अमेरिका गएका १५ हजार ३ सय ३२ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४९२ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ७२ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर ३ दशमलव ६८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव २१ प्रतिशत रहेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०१४ मा भिजिटर भिसामा अमेरिका गएका ११ हजार ८ सय ९५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४१४ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ३९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ४५३ र दर ३ दशमलव ८१ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ४८ प्रतिशत रहेको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com