ट्रम्पविरुद्धको न्युयोर्कको मुद्दामा सजायबाट उन्मुक्ति दिलाउने प्रस्ताव न्यायाधिसद्वारा अस्वीकार


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

सोमबार न्यायाधीशले ३४ वटा अभियोगमा दोषी ठहर डोनाल्ड ट्रम्पविरुद्धको न्युयोर्कको मुद्दामा सजायबाट उन्मुक्ति दिलाउने प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पका वकिलहरूले अमेरिकी सर्वोच्च अदालतको फराकिलो निर्णयमा आधारित रहेर सजायबाट उन्मुक्तिका लागि गरेको प्रस्ताव न्यायाधिस हुआन मर्चनले अस्वीकार गरेका हुन् ।

अमेरिकी सर्वोच्च अदालतले जुलाई १ मा जारी गरेको आदेशको कारणले झूटो व्यापारिक अभिलेख राखेको मुद्दामा ट्रम्पको सजायलाई उल्टाउन नहुने मर्चनले निर्णय गरेका हुन् । उनका वकिलहरूले सुनुवाईका क्रममा राष्ट्रपतिको उन्मुक्तिसँग सम्बन्धित मुद्दाका केही तत्वहरूमा आपत्ति नजनाएकाले ट्रम्पको अनुरोधलाई आंशिक रूपमा अस्वीकार गरिएको मर्चनको निर्णयमा उल्लेख छ ।

ट्रम्पले मर्चनको निर्णयमा पुनरावेदन गर्न सक्नेछन् वा कुनै सजाय तोकिएको खण्डमा रोक्न संघीय अदालत समक्ष अनुरोध गर्न सक्नेछन् । ट्रम्पले पदभार ग्रहण गर्नु अगाडि वा कार्यकालपछि सजाय दिने वा नदिने भन्नेबारे निर्णय भने मर्चनले छुट्टै गर्नुपर्नेछ । म्यानहट्टनको अदालतमा ट्रम्पविरुद्ध सजाय तोक्ने सुनुवाई गतमहिनाका लागि तोकिएको थियो तर उनको आगामी दोस्रो कार्यकालको कार्यकालसँग सम्बन्धित अन्य विचाराधीन प्रस्तावहरूको कारणले उक्त सुनुवाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

ट्रम्प गत मे मा म्यानहटनको अदालतमा (मार्क पिटरसन /एपी)

ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा झुठो व्यापार अभिलेख राखेको मुद्दामा दोषी ठहर गरेपछि सजाय तोक्ने सुनुवाई नोभेम्बर २६ का लागि तय गरिएको थियो । उनलाई पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको थियो ।

ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा ​​भाग लिएको आरोप लगाइएको थियो, जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो। ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका थिए ।

ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com