जीवित अक्टोपसको कपडामा फोटो शेसन
प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार
जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने खालको भएकाले तस्विर खिच्न केही कठिन भएको फोटोग्राफर कजान यामामोतोले जनाएका छन् । फोटोहरु टोकियोको एउटा ग्यालरीमा राखिएको थियो । तपाईपनि हेर्नुहोस् अक्टोपससँगै कजान यामामोतोले खिचेका अनौठा तस्विरहरु ।