विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

 

गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो ।

सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी डा. विष्णुमाया अहिले अधिकारको क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी छिन् । आफू सानो छँदा दलित भएकै कारण अपमानित हुनु परेको पीडाबाट अघि बढ्ने कसम खाएकी उनले सानै उमेरमा सामाजिक क्षेत्रमा प्रवेश गरेकी हुन् ।

डा. विष्णुमाया ठूलो परिवारमा जन्मिएकी हुन् । उनी ११ सन्तान मध्येकी पाँचौ सन्तान हुन् । गरिव परिवार त्यसमाथी ११ सन्तान । जसमा १० दिदी बहिनी र एक भाई थिए । ठूलो परिवार भए पनि उनले परिवारबाट न्यानो माया मात्र पाईनन्, जीवनमा अघि बढ्ने र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रेरणा पाईरहिन्, आफ्नो बुबाबाट ।

नेपाल अहिले कानुनी रुपमा छुवाछुत मुक्त राष्ट्र हो । तर पनि व्यवहारिक रुपमा यो कुप्रथा अझै कायम छ ।

विष्णुमायाले जव समाज बुझ्दै थिइन्, अर्थात ९÷१० वर्षकी भएकी थिइन् तव उनी दलित भएकै कारण साथीहरुबाट हेपिनु प¥यो । जुन कुरा उनले बुबा आमालाई सोध्ने गर्थिन् । त्यतिबेला बुवाको जवाफ आउने गथ्र्यो– ‘छोरी यो पहिलेदेखि चलिआएको चलन हो, यो पुरानो सिस्टम हो, तिमी पढेर ठूलो भएर यसको विरुद्धमा लड्नु पर्छ ।’ बुवाको यो भनाईपछि भित्री मनै देखि यो सामाजिक कुप्रथाको विरुद्ध लड्ने कसम खाएकी विष्णुमायाले निकै मेहन गरेर अध्ययन गर्न थालिन् । उनी निकै जेहेन्दार थिइन् । विद्यालयमा कहिले पनि दोस्रो हुन नजानेकी उनी सधै प्रथम हुन्थिन् । कक्षा तीन पढ्दै गर्दा उनलाई मामा घर लगियो, त्यतिबेला उनको पढाई छुट्यो । तर केहि पछि पुनः उनी घरमा आईन् र आफ्नो पढाईलाई निरन्तरता दिइन् ।

2016-06-05-1465144089-920351-successstories-thumb

कक्षा सातसम्म घर नजिकैको ताक्लुङ स्कुलमा अध्ययन गरेकी विष्णुमायाले धेरै अभाव झेल्नु प¥यो । त्यतिबेला परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । बुवा आमाले ठूलो संघर्ष गरेर विष्णुमायालाई पढाउनु भयो । उनले कक्षा सातमा स्कूल टप गरेकी थिइन् । जसका कारण जेहेन्दार विद्यार्थीले पाउने छात्रवृत्ति पाएकी थिइन् । माध्यमिक शिक्षाका लागि उनी मनकामना माध्यमिक विद्यालयमा भर्ना भईन्, जुन विद्यालय जान दैनिक ४ घण्टाको पैदल हिड्नु पथ्र्यो । त्यहिं विद्यालयबाट उनले प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरिन् ।

मनकामनामा पढ्नु विष्णुका लागि निकै फलदायी बन्यो । त्यहाँ जोन बु्रकमान भन्ने एक जना स्वयम् सेवक थिए । जो पिसकोरबाट पढाउन आएका थिए । उनै ब्रुकमानले विष्णुलाई काठमाडौं पढ्न जानका लागि छात्रवृत्ति मिलाई दिएका थिए । यद्यपी उनको अमरज्योति जनता मावि लुईटेलमा पनि नाम निस्किएको थियो । जुन विद्यालय निकै चर्चित पनि थियो । तर उनले त्यहाँ पढ्न सकिनन् । आर्थिक अवस्था कमजोर भएको र घरबाट निकै टाढा भएका कारण कोठा भाडामा लिएर बस्न सक्ने अवस्था थिएन । विष्णुमाया भन्छिन्– ‘लुइटेल स्कुलमा नाम निस्किए पनि त्यहाँ पढ्न जान सक्ने आर्थिक अवस्था नभएपछि मनकामनामा भर्ना भएँ, त्यहाँबाट नै मेरो भाग्य खुलेको हो ।’

छात्रबृत्तिको आशामा काठमाडौं पढ्न गएकी विष्णुमायालाई अमेरिकाबाट रकम गएन । विष्णुमायाका लागि जोन बु्रकमानले अमेरिकाबाट पठाइदिएको रकम अर्कैले कुम्लाईदियो । उनी भन्छिन्– ‘त्यसपछि म रेष्टुरेण्टमा काम गर्न बाध्य भएँ । जतिबेला म १५÷१६ वर्षकी थिएँ । रेष्टुरेन्टमा मात्र होइन गार्मेन्टमा पनि काम गरेँ । त्यसैगरी मैले मेरो पढाई खर्च जुटाएँ । एक दिन मैले जोन बु्रकमानलाई सम्पर्क गरेँ । उहाँको नम्बर फोटोमा थियो । मैले भ्वाईस म्यासेज गरेँ । पछि उहाँले कलव्याक गर्नु भयो । पछि उहाँले अर्को अमेरिकन सँग पैसा पठाईदिनु भयो । जसको नाम प्यामरस थियो । उहाँलाई भेट्नु मेरो जिवनको टर्निङ प्वाइन्ट हो । उहाँ काठमाडौं मै हुनुहुन्थ्यो, जो युनिभर्सिटी अफ कलेज प्रोजेक्टको डाइरेन्टर हुनुहुन्थ्यो । उहाँले छात्रवृत्ति पनि दिनु भयो र काम पनि दिनुभयो, रिसोर्स असिस्टेन्टको ।’

10527665_10153801783599441_4735324812474635814_n

युनिभर्सिटी अफ कलेज प्रोजेक्टमा काम गर्दै गर्दा विष्णुमायाको एकजना अमेरिकनसँग मित्रता भयो, जो त्यहि कलेजमा अध्ययनरत थिए । उनै साथीकी आमा इभा कासेल विष्णुमायाका लागि भगवान बनेर आईन । जसलाई विष्णुमायाले गड मदरको रुपमा लिने गरेकी छिन् । छोरालाई भेट्न आएका बेला विष्णुमायालाई निकै मन पराएकी इभाले उनलाई अध्ययनका लागि अमेरिका ल्याइन् ।

१९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेज दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

UNTOUCHABLE from Join the Lights on Vimeo.

सामाजिक क्षेत्रमा डा. विष्णुमाया

डा. विष्णुमाया परियार सानै उमेरदेखि नै सामाजिक क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी भन्छिन्– ‘जव म १० वर्षकी थिएँ । मैले त्यहाँ दलितहरुलाई गरेको अपमान, छुवाछुत र महिलामाथि गरेको हिंसा नजिकबाट नियालें । हामी बच्चाहरु सँगै खेलेको बेलामा उनीहरु हाम्रो घर भित्र आउन पाउने हामी उनीहरुको घरभित्र जान नपाउने अवस्था थियो ।’

विष्णुमायाले एउटा एनजिओमा काम गर्दै गर्दा महिला र दलितहरुलाई प्रत्यक्ष सहयोग पुग्ने संस्थाको आवश्यकता महशुस गरिन् । उनी भन्छिन्– ‘पद्यमकन्यामा ब्याचलर्स गर्ने वित्तिकै सन् १९९६ मा मैले काठमाडौंमा दलित महिला उत्थान संघ (एड्वन) नामक संस्था खोलेँ ।’ जुन संस्था खोल्नका लागि उनै अमेरिकन नागरिक प्यामरसले १० हजार रुपैयाँ दिएका थिए । त्यसरी खोलिएको संस्थाले अहिले नेपालमा ६ करोड भन्दा बढि सहयोग गरिसकेको छ भने भूकम्प पीडितहरुका लागि मात्रै एक लाख डलर भन्दा बढि सहयोग संकलन गरी वितरण गरिसकेको छ ।

विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया

सल बेचेर सहयोग संकलन

डा. विष्णुमायाले आफ्नी गड मदरलाई मदर्श डेको दिनमा उपहारका रुपमा एउटा नेपाली सल दिएकी थिइन् । सल दिएपछि उनले विष्णुलाई भनेकी थिइन्– ‘विष्णु यतिराम्रो सल तिमीले बेचेर फण्ड रेजिङ गर्न सक्छौं ।’ उनलाई विष्णुमायाको संस्थाको बारेमा थाहा थियो । विष्णुमाया भन्छिन्– ‘त्यसपछि हामीले नेपालबाट त्यस्तै खालका धेरै सलहरु मगाएर बेच्न थाल्यौं । सुरुमा तीन हजार, छ हजार तोकेका थियौं । पछि २८ हजार सम्ममा बेच्यौं । पछि डोनरहरु आफै आए । मेरो जागिर पनि त्यस्तै थियो । ठाउँ ठाउँमा जाने प्रिजेन्टेशन गर्ने । विभिन्न कलेजहरुमा गएर पढाउने । जसका कारण मिडियाहरुले पनि हामीलाई कभरेज दिन थाल्यो ।’

त्यतिबेला डा. विष्णुमाया परियार र उनको कामका बारेमा अमेरिकन म्यागाजिनहरुमा बाक्लै आर्टिकलहरु आउने गर्थे । जसका कारण संस्थालाई सबैले चिने । उनी भन्छिन्– ‘हामीलाई व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि बढ्न थाले । हामीले वर्षको दुई तीन वटा न्युज लेटर पठाउने गथ्र्यौं । क्रमशः हामीलाई निरन्तर रुपमा सहयोग गर्ने डोनरहरु बन्न थाले । हामीले वर्षको ८०÷९० हजार डोनेसन गर्न सक्ने भयौं । तर यो वर्ष भूकमम्पका लागि अझै धेरै संकलन गर्न सफल भयौं ।’

महिला हिंसाको विरुद्ध र दलित अधिकारको पक्षमा अहोरात्र खटिने विष्णुमायाले संस्थाबाट भने अहिलेसम्म एक डलर पनि लिने गरेकी छैनन् । त्यतिमात्र होइन संस्थाको काममा जाँदा लाग्ने यात्रायात्र खर्चदेखि खाना खाजा खर्च पनि व्यक्तिगत रुपमा खर्च गर्ने गरेकी छिन् । यो संस्थामा काम गर्ने सबैले अहिलेसम्म स्वयम् सेवकको रुपमा सेवा गरिरहेका छन् । यो संस्थाको नेपालमा भने केही कर्मचारीहरु रहेका छन् । जसमा चार जना फुल टाईम कर्मचारी छन् भने बाँकी १५ जना फिल्ड कर्मचारी रहेका छन् ।

12047022_10153620197549441_1870534552930223574_n

एड्वनको अभियान

एड्वनको मुख्य अभियान सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक उत्थान नै हो । विष्णुमाया भन्छिन्– ‘हामी महिला समुहहरु निर्माण गर्छौं । उनीहरुलाई पढ्न र लेख्न सिकाउँछौं । त्यो समुहलाई ३ देखि ४ हजार रुपैया सिड मनी दिन्छौं । प्रत्येक समुहका महिलाहरुले आफ्नो हैसियत अनुसार मासिक २० देखि ५० रुपैयाँ सम्म संकलन गरी त्यहि सिड मनीमा बचत गर्नुहुन्छ । त्यो रकम बढ्दै जान्छ । त्यो रकम समुहकै महिलाहरुले ऋणको रुपमा लिन पाउँछन् । त्यसमा सम्पूर्ण अधिकार उनै महिलाहरुको हुन्छ । कसले कति व्याजमा लिने भन्ने निर्णय उनीहरुले नै गर्छन् । किन भने उनीहरुलाई कसैले ऋण पत्याउदैनथ्यो । अहिले उनीहरुको आफ्नै बैंक छ । अहिले उनीहरुसँग १५ लाख सम्म बचत छ ।’

11836815_10153620213049441_8649235576369669531_n

‘अहिले नेपालका सात वटा जिल्ला ६४ समुह छन् । त्यो बाहेक महिलाहरुलाई कोअपरेटिभ बैंक बनाईदिएका छौं । हाम्रो माइक्रो फाइनान्स कार्यक्रम पनि छ । हामीसँग कुनै महिलाहरुले बढि पैसा लिन चाहनुहुन्छ भने हाम्रो डोनरहरुले कसैलाई विना धितो त कसैलाई थोरै मात्रामा व्याज लिएर रकम दिने गर्नुहुन्छ । आर्थिक उन्नतिले सामाजिक विकास हुन्छ । त्यसले गर्दा परिवारमा ठूलो उत्थान हुने रै’छ । जसका कारण सामाजिक उत्थान भएको छ ।’ विष्णुमाया अगाडी भन्छिन्– ‘अहिलेसम्म हामी प्रत्यक्ष रुपमा ५ हजार महिलासम्म पुगेका छौं । तर अप्रत्यक्ष रुपमा १० हजार महिलाहरु हाम्रो कार्यक्रमबाट लाभान्वित भएका छन् ।’

अवार्ड

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेड (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो ।

डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढि अवार्डहरु छन् ।

केन्टकीको लुइभिल शहरले डा. विष्णुमाया परियार डे मनाउने

सामान्य परिवारमा जन्मिएर जीवनको आरोह अवरोह छिचोल्दै यो उचाईमा पुगेकी डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल शहरले ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरेको छ । त्यहाँको स्थानीय सरकारले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ को रुपमा मनाउने घोषणा गरेको हो । उनले नेपाल र अमेरिकामा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको सम्मान स्वरुप स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

14519756_10211194112346868_8109584094250787173_n

डा. विष्णुमाया अमेरिकामा पनि सक्रिय

नेपालका महिलाहरुका लागि मात्र होइन विष्णुमायाको अभियान अमेरिकामा रहेका महिलाहरुको पक्षमा पनि सक्रिय छ । उनले अमेरिकामा रहेका पीडित महिलाहरुको पक्षमा पनि काम गर्नु पर्छ भनेर ‘कारणका लागि महिला’ नामक संस्था गठन गरेकी छिन् । उनी भन्छिन्– ‘घरेलु हिंसाबाट पीडित भएका महिलाहरुको अधिकार रक्षाका लागि यो संस्था गठन गरेका हौं । आर्थिक अवस्था कमजोर भएका महिलाहरुको न्यायका लागि हामीले विना शुल्क काम गरिदिने गरेका छौं ।’

महिला हिंसा विरुद्धको अभियानमा डा. विष्णुमाया

सन् २००४ देखि लगातार महिला हिंसाको विरुद्धमा लागेकी डा. विष्णुमायाको पेशा नै डोमेस्टिक भायलेन्स एड्भोकेट हो । उनले बोस्टर्नमा एजेन्ट टास्कफोर्स एगेन्स डोमेस्टिक भायलेन्स नामक संस्थामा फुल टाईम काम गरिन् भने पार्ट टाईम नेपोक्सेट हेल्प सेन्टरमा काम गरिन् । अहिले उनी केयर पोइन्ट (जुन न्युजर्सीको दोस्रो ठूलो संस्था हो) मा आउट रिच एण्ड एजुकेटर भएर डोमेस्टिक भायलेन्स सम्बन्धि काम गरिरहेकी छिन् ।

283285_10150273213249441_4109164_n

यति धेरै सफलतापछि पनि डा. विष्णुमायामा खास माया नेपाल मै छ । उनी भविष्यमा नेपालमै जाने र महिला हिंसा र दलित अधिकारका पक्षमा काम गर्ने योजना बनाएकी छिन् । उनी भन्छिन्– ‘भविष्यमा म नेपालमै जान्छु । आफ्नै एड्वनलाई नै व्यवस्थित गरेर अघि बढ्नु छ । अहिले सम्म हामीले १३ हजार भन्दा बढि बच्चाहरुलाई पढाईसकेका छौं । कलेजमा पनि हाम्रो बच्चाहरु छन् । अहिले ९७ जना बच्चाहरुलाई कलेज पढाईरहेका छौं । गत वर्ष २२ जनाले ग्राजुयट गरे । हाम्रो स्पोन्सरशिप कार्यक्रम पनि छ । बाबा आमा नभएको बच्चाहरुलाई यहाँको अमेरिकनसँग कनेक्सन गराएर स्पोन्सरशिप गराएर पढाएका छौं । अहिले उनीहरुको भविष्य सुरक्षित छ । कृषि, स्वास्थ्य, मानवअधिकार, सामाजिक न्यायलगायतका क्षेत्रमा विभिन्न तालिमहरु सञ्चालन गरेका छौं ।’

उनी भन्छिन्– ‘अहिले सरकारसँग मिलेर ठूलो काम गरेका छौं । युरोपियन युनियन र हामी मिलेर गोरखा र चितवन लगायतका जिल्लामा विभिन्न कामहरु गरिरहेका छौं । त्यतिमात्र होइन, जुईस वर्ड सर्भिससँग मिलेर हामीले भूकम्प पीडितहरुका लागि काम गर्न लागेका छौं । अहिले हामीलाई एड्वनका लागि जुईस वर्ड सर्भिसले ५० हजार डलर सहयोग गरेको छ । जसबाट हामीले नेपालमा ४५ वटा घर, १८ वटा बाथरुम, २५० वटा धुँवा रहित चुलो निर्माण गर्दै छौं । जनु योजना सात वटा जिल्लामा कार्यान्वयन हुनेछ । हाम्रो मुख्य कार्यक्रम गोरखामा छ भने त्यसपछि बाग्लुङ, अर्घाखाँची, सर्लाही र चितवनमा छ । झापा र इलाममा अहिले फेज आउट भएको छ ।’

947230_10151623323409441_1431790623_n

डा. विष्णुमाया भन्छिन्– ‘पहिला मुख छोपेर बाहिर नहिड्ने महिलाहरु अहिले विद्यालयदेखि विभिन्न संघसंस्थाको बोर्डमा बसेर बहस गर्न सक्ने भएका छन् । ग¥यो भने नहुने केहि छैन । हामीले प्रतिबद्धता गरेर अघि बढ्नु पर्छ ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com