ट्रम्पको अध्यागमन अफर : प्रगतिशिललाई हड्डी, श्वेत राष्ट्रबादीलाई रातोमासु


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन प्रस्तावलाई विश्लेषकहरुले अमेरिकाका प्रगतिशिललाई हड्डी, श्वेत राष्ट्रबादीलाई रातोमासुको अफरका रुपमा ब्याख्या गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका प्रगतिशिलहरुलाई खुशी पार्न बाल्यकालमा अमेरिका छिरेका १८ लाखलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव अगाडि सारेका छन् । साथै श्वेत राष्ट्रवादीहरुलाई खुशी पार्न सिमानामा पर्खाल निर्माणका लागि बजेट, डिभी लोटरी खारेजी, नातागोताको ग्रिनकार्ड स्पोन्सर खारेजी लगायतका प्रस्ताव अगाडि सारेका छन् ।

तर हड्डीको प्रस्ताव पाएकोमा प्रगतिशिलहरु खासै खुशी छैनन् भने रातोमासुको प्रस्ताव पाएकोमा श्वेत राष्ट्रबादीहरु पनि खासै खुशी छैनन् । उनीहरुलाई खाउँ कि नखाउँको अवस्था सृजना भएको छ । यद्यपी कैयन बिश्लेषकहरुले भने कथित ड्रिमरको पक्षमा रहेको अध्यागमन लेनदेनलाई सकारात्मक रुपमा हेरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com