कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने आइसको नयाँ रणनीति


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउनेमाथि कारवाही गर्ने नयाँ रणनीति लिएको छ । झण्डै १ सय सेभेन इलाभेन स्टोरमाथि छापा मारे लगत्तै आइसको नयाँ रणनीति सार्वजनिक भएको हो ।

नयाँ रणनीतिमा आई ९ परिक्षणमार्फत अध्यागमन कानुनको पालना भए नभएको जाँच गर्ने, जरिवाना गर्ने वा थप कानुनी कारवाहीका लागि अर्को सरकारी एजेन्सीमा रिफर गर्ने, जानाजान कागजपत्रविहिनलाई काममा राख्ने रोजगारदातालाई नियन्त्रणमा लिने, वर्क परमिट विना काम गर्ने कामदारहरुलाई पनि पक्राउ गर्ने लगायतका विषयहरु समावेश गरिएको छ ।

होमल्याण्ड सेक्युरिटीका अनुसन्धान कार्यवाहक कार्यकारी एसोसिएट निर्देशक डेरेक बेनरले वर्क परमिट नभएकाहरुलाई काममा लगाउनेमाथि कारवाही तीब्र पारिने स्पष्ट पारेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com