खेल्ने होइन त लिंगे पिङ ? (फोटो फिचर )
प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार
दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने र चंगा उडाउने चलन हराउँदै गएको हो । पिङ खेल्ने र चंगा उडाउने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ ।
पछिल्ला बर्षहरुमा उपत्यका आकास र विभिन्न स्थानहरु चङ्गा र पिङ विहीन झै बनेको छ । विगतमा मनोरञ्जनका लागि चंगा, पिङ तथा खेलकुद मात्र हुन्थे । तर, अहिले प्रविधिको विकासले मारेको फड्कोसँगै मनोरञ्जनका धेरै साधन र उपाय भएकाले पनि चंगा उडाउने र पिंङको संख्या घट्दै गइरहेको छ ।
यसैक्रममा खसोखासले भक्तपुर पुगेर चंगा उडाउने र लिंगे पिङ खेल्नेहरुका केही तस्विरहरु कैद गरेको छ ।