महान बैज्ञानिक स्टेफन हकिन्सको निधन
प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार
भौतिक विज्ञानका ज्ञाता तथा अ ब्रिफ हिस्ट्री अफ टाइम पुस्तकका लेखक सेलीब्रेटी बैज्ञानिक स्टेफन हकिन्सको ७६ बर्षको उमेरमा निधन भएको छ । क्याम्ब्रिजमा रहेको घरमा हकिन्सको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
सन् १९६३ मा २१ बर्षको उमेरमा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उनलाई डाक्टरहरुले बढीमा २ बर्ष बाँच्ने बताएका थिए । तर उनी त्यसपछि पनि आधा शताब्दीभन्दा धेरै बाँचेर महान बैज्ञानिकका रुपमा विश्वभर चिनिन सफल भए ।
सन् १९४२ मा जन्मिएका प्रसिद्ध बेलायती बैज्ञानिक हकिन्स ब्रम्हाण्ड विज्ञान, भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत रहेका थिए । हकिन्सले ब्लाक होल र बिग ब्यांग सिद्धान्तलाई बुझ्नमा महत्वपूर्ण योगदान दिएका छन् । उनलाई अमेरिकाको सबैभन्दा उच्च नागरिक सम्मान प्रदान गरिएको थियो ।