प्रधानन्यायाधीश पराजुली वर्खास्त
प्रकाशित मिति : फाल्गुन ३०, २०७४ बुधबार
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । न्यायापरिषद् सचिवालयले पराजुलीले उमेरहदका कारण अवकाश पाए पनि दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई पद तथा गोपनियातको शपथ ग्रहण गराएका छन् ।
प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी शपथ ग्रहण भएको छ । न्यायपरिषद्को पत्रमा पराजुलीले ६५ वर्ष उमेर पुगेकाले गत २१ साउनबाट नै अनिवार्य अवकाश पाइसकेको बताइएको छ ।
अवकाश पाइसकेको व्यक्तिले राष्ट्रपतिलाई खुवाएको शपथ वैद्य कि अवैद्य भन्ने प्रश्न पनि तेर्सिएको छ । यसै सन्दर्भमा अधिवक्ता शतिसराज मैनालीले आजसम्मका लागि पराजुली प्रधानन्यायाधीश रहेकाले शपथ ग्रहण वैद्य रहेको बताए ।