संसारमा सबैभन्दा लामो समय शासन गर्ने थाई नरेशको निधन
प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार
संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट पहिरेका थिए ।
उनको बैंकममा रहेको सिरिराज अस्पतालमा निधन भएपनि निधनको कारण खुलाइएको छैन । नरेशको निधनले थाइल्याण्डको राजतन्त्र नै अब रहने वा नरहने भन्नेबारे प्रश्नचिन्ह खडा भएको छ ।
उनको मृत्युसँगै ७० बर्ष १२६ दिन लामो उनको शासनको पनि अन्त्य भएको छ । बेलायतकी महारानीले बेलायतमा ६४ बर्षदेखि शासन गर्दै आएकी छिन् ।
थाईल्याण्डमा नरेश नै राज्य र सेनाका प्रमुख हुन् । नरेश भूमिबलले उच्च पदस्थ सरकारी र सैन्य अधिकारीहरुको नियुक्ती सदर गरेका थिए । दुईबर्ष अगाडि सैन्य कु मार्फत सासनसत्ता हत्याएर शासन गरिरहेको सैन्य सरकारले नरेश भूमिबलको सदर पाएको दावी गरेको थियो ।
थाईल्याण्डका राजा भूमिबल अदूल्यादेवको जीवन तस्विरमा
फोटो : गेटी इमेज / एपी/ रोयटर्स