लुम्बिनीमा शान्ति र्याली, प्रधानमन्त्री पनि सहभागी


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

२५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले शान्ति र्यालीको आयोजना गरेको छ । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भए ।

लुम्बिनीबाट शुरु भएको शान्ति र्यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए। शान्ति र्यालीमा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विरहरु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com