न्यूयोर्कमा निःशुल्क टिपिएस रि रजिष्ट्ेशन कार्यक्रम हुँदै
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
टिपिएस रि रजिष्ट्ेशनका लागि भोली र पर्सी जुन १० र ११ तारिखमा न्यूयोर्कमा निःशुल्क कार्यक्रमको आयोजना हँुदैछ । न्यूयोर्क ज्याक्शन हाइटस्थित एनआरएन कार्यलयमा तिन संस्था एनआरएन न्यूयोर्क च्याप्टर, बलेवा समाज अमेरिका र तमु परिवार न्यूयोर्कको संयुक्त आयोजनामा दुई दिने टिपिएस रि रजिष्ट्ेशन कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा क्षेत्रि ल फर्म, फुलारा ल फर्म र गिरीजा गौतम ल फर्मको कानुनी सहयोगमा टिपिएस रि रजिष्ट्ेशन कार्यक्रम हुँदैछ । साथै भरेका फर्म काुनन व्यवसायीले हस्तारक्षर गरेर पछि मात्रै सम्वन्धीत निकायमा पठाइनेछ । आयोजकका अनुसार कानुन व्यवसायी खगेन्द्र क्षेत्री, बासु फुलारा र गिरीजा गौतमले निशुल्क कानुनी सल्लाह समेत दिनुहुनेछ ।
नेपालमा गएको महाभुकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्प्रोरी प्रोटेक्ट स्टटस अर्थात टिपिएस दिएको थियो । नेपालीहरुका लागि दिएको यस्तो टिपिएस अमेरिकी सरकारले एक बर्षका लागि थपेको छ । अमेरिकी सरकारले वेभसाइट मार्फत टिपिएस प्राप्त नेपालीहरुलाई समयमै नविकरण गर्न आव्हान समेत गरेको छ ।
आयोजक संस्था बेलवा समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल अधिकारीले टिपिएस स्टाटस भएका सबै अमेरिकावासी नेपालीहरुलाई कार्यक्रममा सहभागि भएर फाइदा लिन आव्हान गरेका छन् । आयोजक संस्था एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले कार्यक्रममा बिज्ञ टोलीबाट टिपिएस नविकरण हुने जानकारी दिए । उनका अनुसार कानुन व्यवसायीको कार्यलयमा काम गर्ने अनुभवि कर्मचारी तथा व्यवसायीक रुपमा काम गरेका व्यक्तिबाट नविकरण फर्म भराईनेछ ।
कार्यक्रममा उपस्थित हुनेहरुले अमेरिकी सरकारलाई बुझाउनु पर्ने रकम र हुलाकी सेवा मार्फत लाग्ने रकम बाहेक कुनै शुल्क बुझाउनु नपर्ने आयोजक संस्था तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्बरजंग गुरुङले जानकारी दिए । गुरुङले आवश्यक परेमा नविकरण गर्नका लागि अर्को एक दिन थप हुने सक्ने जानकारी गराएका छन् ।
अमेरिकी सरकारले टिपिएस नविकरणका लागिे ८५ डलर, वर्क परमिट सहित नविकरणका लागि ४ सय ९५ डलर शुल्क लाग्ने जानकारी गराएको छ । टिपिएस होल्डरहरुले मे महिनाको २२ तारिख देखी जुलाई २३ तारिख सम्म आफ्नो टिपिएस स्टाटस नविकरण गरि सक्नुपर्नेछ ।
टिपिएस नविकरण गरिसकेपछि केही प्राविधिक समस्याहरु आउन सक्ने भएकाले कानुन व्यवसायीले हस्ताक्षर गरी टिपिएस नविकरण कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् । यस्तै न्यूयोर्क ज्याक्शन हाइटस्थित व्यवसायी रवि गौतम आरभ इन्कबाट प्राविधिक सहयोगबाट कार्यक्रम हुन लागेको जनाइएको छ ।