दशौं बार्षिकोत्सवसहित भब्य बन्यो नेवा गुठीको म्हपूजा
प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार
न्युयोर्कमा रहेका नेवारी समुदायका नेपालीहरुको संस्था न्युयोर्क नेवा गुठीले आफ्नो दशौं बार्षिकोत्सवका साथ भब्य रुपमा म्हपूजा तथा नयाँ वर्ष नेपाल सम्बत मनाएको छ । म्हपूजा र नयाँ वर्ष नेपाल सम्बतको अवशरमा न्युयोर्कको सन्नी साइडमा विशेष कार्यक्रम गरिएको हो । ४१ –२० क्वीन्स ब्लुभर्ड सन्नीसाइडमा बेलुकी ८ बजेदेखि सुरु भएको कार्यक्रम राती अबेरसम्म चलेको थियो ।
नेवा गुठीले प्रत्येक बर्षझैं यो बर्ष पनि सामुहिक रुपमा गरेको म्ह पूजामा मौलिक नेवारी शैली अपनाइएको थियो । विधिपूर्वक म्हपूजा सम्पन्न गरेपछि सामुहिक भोज गरिएको थियो । कार्यक्रममा म्ह पूजाका लागि नेवार समुदाय मात्र नभएर अन्य समुदायका नेपालीहरुको सहभागिता थियो । कार्यक्रममा नेवारी गीतमा सबै समुदायका ब्यक्तिहरु रमाइरहेका थिए । नेवारी पोशाकमा नेवार समुदायका ब्यक्तिहरुलाइ देख्दा अनि सांस्कृति तवरबाट नै म्ह पूजा भइरहदा अमेरिकाको न्युयोर्कमा सानो नेपाल रहेको आभाष मिलेको थियो ।
कार्यक्रममा म्ह पूजाका अतिरिक्त नाचगान समेत गरिएको थियो । भब्यरुपमा सम्पन्न म्हपूजामा बालबालिकादेखि युवायुवतीसम्मको उपस्थीति रहेको थियो । कार्यक्रममा उपस्थीत पाहुनाहरु पनि म्हपूजामा उत्तिकै रमाएका थिए ।
फोटो साभार : युएसनेपाल अनलाइन