अमेरिकाबाट देशनिकालाको प्रकृयाका मापदण्डमा थप
प्रकाशित मिति : असार २७, २०७५ बुधबार
ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो ।
नोटिस टु अपियर अध्यागमन न्यायाधिस समक्ष प्रस्तुत हुनुभन्दा अगाडि निश्चित मितिमा अदालतमा उपस्थीत हुनका लागि व्यक्तिलाई दिइने सुचना हो । यहीबाट उसको देशनिकालाको प्रकृया सुरु हुन्छ ।
अबदेखि देशनिकालाका लागि योग्य, अपराध गरेको, जालसाजी गरेको, अध्यागमन सुविधा अस्वीकृत भएको र अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेको व्यक्तिलाई युएससीआईएसले नोटिस टु अपियर दिनसक्ने भएको छ ।
आवेदकले सरकारी सुविधाको दुरुपयोग गरेको पाइएमा, जालसाजी गरेको पाइएमापनि युएससीआईएसले नोटिस टु अपियर जारी गर्नेछ । जालसाजी बाहेक अन्य कारणले आवेदन अस्वीकृत भएको खण्डमा समेत युएससीआईएसले त्यस्तो सुचना जारी गर्नेछ ।
नयाँ नीतिबारे थप जान्न यहाँ क्लिक गर्नुहोला ।
त्यस्तै अपराध गरेको कारण चारित्रिक आधारमा अस्वीकृत भएको अमेरिकी नागरिकताको आवेदनका सन्दर्भमा समेत युएससीआईएसले नोटिस टु अपियर जारी गर्न सक्ने भएको छ ।
थप मापदण्डबाट पर्ने प्रभावबारे आगामी शुक्रबार अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठसँग खसोखास लाइभ हेर्नुहोला प्रधानसम्पादक किशोर पन्थीका साथमा ।