मोडल दिक्पाल कार्कीसँग तीजको गीतमा कम्मर मर्काउँदै जानवी
प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार
चर्चित नेपाली मोडल दिक्पाल कार्की र चर्चित कलाकार जानवी बोहराको अभिनय र नृत्यसहित मौलिक नेपाली तीजको गीत सार्वजनिक भएको छ । गायिका योजना पुरीको स्वर रहेको सपक्कै सारी सप्को पारेर बोलेको गीतमा एकनारायण भण्डारीको लय र कमल सरगमको शब्द रहेको छ । गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक बिष्टले गरेका हुन् ।
नेपाली तीज गीतमा छाडापन र अश्लिलता भित्रिएको बखत यो गीतमा भने मौलिक नेपाली शब्द र सभ्य तथा आकर्षक नृत्य रहेको छ । परिवारसँगै बसेर हेर्न, सुन्न र गाउन समेत सकिने यो गीतमा शब्दहरुमा भने नन्द भाउजुको सम्बन्ध, सासु बुहारीको सम्बन्ध लगायत केही केही परम्परागत संस्कृति झल्किन्छ ।
एकसय भन्दा बढी म्युजिक भिडियो र केही चलचित्रहरुमा समेत अभिनय गरेका चर्चित नेपाली मोडल दिक्पाल कार्कीको तीजको गीतमा भने यो तेश्रो अभिनय हो । थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं स्थानमा आएका तथा फिलिपिन्समा भएको मिस्टर ग्रयाण्ड इन्टरनेशनलमा पब्लिक च्वाइस अवार्ड र सोसल मिडिया स्टार बन्न सफल दिक्पाल कार्की म्युजिक भिडियोको अतिरिक्त विभिन्न इभेन्टहरुमा समेत व्यस्त छन् ।
कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका तथा ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका दिक्पालको तीजको गीतका जानवी बोहरासँगको अभिनय भने तलको भिडियोमा हेर्नुहोला ।