नेपाल सरकारलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको विरोधपत्र
प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार
नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारको कृयाकलाप अधिनायकवादी, जनबिरोधी र असंवैधानिक भएको दाबी गर्दै न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदुताबासको कार्यालयमा पुगेर उप महाबाणिज्य दुत पुष्प कुमार भट्टराई मार्फत सरकारलाई विरोधपत्र बुझाएको छ।
नेपाली जनसम्पर्क समितिका सभापति एवं नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको ध्यानाकर्षण गराउन विरोध पत्र बुझाएको हो।
पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव वानीयाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन बिश्वाकर्मा लगायत थिए ।