भिसा स्क्रीन अद्यावधिक राख्नुस् नत्र अमेरिकाबाट देशनिकालासम्म हुनसक्छ
प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार
भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।
अमेरिकामा नर्स (आरएन, भोकेसनल नर्स, एलपीएन), फिजिकल थेरापिस्ट, अकुपेशनल थेरापिस्ट, ल्याब टेक्निसयिन लगायतका काम गर्ने विदेशी नागरिकहरुका लागि हेल्थकेयर वर्कर सर्टिफिकेटको आवश्यकता हुन्छ । जसलाई भिसा स्क्रीन भन्ने गरिन्छ । अमेरिकामा आउने बेलामा, भिसा थप्ने बेलामा, अर्कै भिसामा जानुपरेमा वा ग्रिनकार्ड फाइल गर्दा युएससीआईएसमा अद्यावधिक भिसा स्क्रीन बुझाउनुपर्ने हुन्छ ।
तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।
सामान्यता पहिले अमेरिकामा आउने बेलामा, भिसा थप्ने बेलामा, अर्कै भिसामा जानुपरेमा वा ग्रिनकार्ड फाइल गदा अद्यावधिक भिसा स्क्रीन नबुझाएमा आरएफई अर्थात् थप कागजातको अनुरोधपत्र पठाएर भिसा स्क्रीन बुझाउने मौका दिइन्थ्यो । तर नयाँ नीति अनुशार प्राथमिक कागजात नै नपुगेको भन्दै आवेदन सिधा अस्वीकार गर्न सकिने भएको छ । पहिले भिसा स्क्रीन विना नै एचवानबी फाइल गर्दा थप कागजात पेश गर्ने मौका दिइन्थ्यो । अब नयाँ नीति अनुशार नदिइनसक्छ ।
यसरी अस्वीकार हुने बेलामा यदि आवेदकको आई ९४ को अवधि सकिएको छ भने उसलाई देशनिकालाका लागि नोटिस टु अपियर जारी गरिनेछ । त्यसपछि उनीहरुले देशनिकाला समेत हुनुपर्ने अवस्था आउनसक्छ ।
भिसा स्क्रीनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।
तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।