जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले गर्यो रक्तदान
प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार
रक्तदान जिवन दान भन्ने मुल मर्मका साथ जनसम्पर्क समिति अमेरिकाले आइतवार न्यूयोर्कमा रक्तदान कार्यक्रम गरेको छ ।
१०५ औं विपि जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ५८ जनाले रक्तदान गरेको च्याप्टर सभापति रोशन ढुङगानाले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा सहभागिहरुलाई भूपु रक्षामन्त्री तथा हाल सभासद रहेका नेता भिमसेन दास प्रधान र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले प्रमाणपत्र दिएका थिए ।
हामी प्रवासमा छौं, सामाजिक दायित्वपनि हाम्रो काँधमा छ, त्यही दायित्वबोध गरि कार्यक्रम गरेका हौं, सभापति ढुङगानाले भने, कार्यक्रममा सहभागि भएर रगत दान गर्नुहुने सबैमा हामी आभारी छौं ।