अमेरिकाबाट नेपाल फर्केर पनि नेपालमा जमेका यी कलाकार
प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार
अमेरिकाबाट नेपाल फर्केर पनि कैयन कलाकारहरु नेपाली रंगक्षेत्रमा पुन जमेका छन् । त्यसमध्येका कलाकारहरु हुन् गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, करिश्मा मानन्धर, राजाराम पौडेल, यमन श्रेष्ठ र प्रियंका कार्की ।
लामो समयको अमेरिका बसाई पछि ४ बर्ष अगाडि नेपाल फर्किएकी थिइन् गौरी मल्ल । अहिले उनी नेपालमा राम्रै जमेकी थिइन् । उनकै मुख्य अभियनमा सिंहदरवार नामको चर्चित टेलिसिरियल २ सिजन संचालन भएको छ । गौरीले नेपाल फर्केर विभिन्न चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् ।
कलाकार सरोज खनाल पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किए । नेपालमा अहिले उनी कैयन चलचित्रमा चरित्र अभिनेताका रुपमा जमेका छन् । उनी अहिले नेपाली चलचित्र उद्योगमा व्यस्त कलाकारका रुपमा चिनिन्छन् । कृ, पञ्चायत, प्रेमगीत, नाई नभन्नु ल २ लगायतका कैयन हिट चलचित्रमा उनले शशक्त अभिनय गरेका छन् ।
कलाकार गणेश उप्रेती र तुलसा उप्रेतीका सन्तान रमेश उप्रेती पनि गौरीसँगै नेपाल फर्किएका हुन् । उनले नेपाल फर्केपछि सुपरहिट चलचित्र ऐश्वर्यको निर्माण पनि गरे । यो चलचित्रको गीत पनि सुपरहिट नै भयो । यो गीत युट्युबमा २ करोड ३० लाख भन्दा धेरैपटक हेरिएको छ ।
करिष्मा मानन्धर पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएकी हुन् । उनी नेपाल फर्किएपछि अभिनयसँगै राजनीतिमा समेत उत्तिकै सकृय भएकी छिन् । अहिले उनी पढाईपनि व्यस्त रहेकी छिन् । सुन्दर नायिकाका रुपमा चिनिने करिष्मा नेपाल फर्केपछि पनि कैयन चलचित्रहरुमा अभिनय गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र भने सन्तान हो । सन्तानमा उनले बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । नेपाली कथानक चलचित्र कस्तुरीमा काम गरेपछि उनले त्यस समयका निकै चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि उनी चर्चाको शिखरमा पुगिन् ।
लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी अर्की नायिका हुन प्रियंका कार्की । उनले अमेरिकामै बसेर स्नातकसम्मको अध्ययन गरेकी थिइन् । झण्डै अमेरिका सेटल भइसकेकी उनी पछि नेपाल फर्किइन् । नेपाल फर्किए लगत्तै अभिनय यात्रालाई निरन्तरता दिएकी उनी अहिलेकी व्यस्त नायिका हुन् । प्रियंका नृत्यमासमेत निकै माहिर कलाकार हुन् ।
हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ पनि अध्ययनका निम्ति अमेरिकामा बस्दै आएका थिए । तर उनी अमेरिकामा रमाउन सकेनन् । उनले विवाह समेत अमेरिकामै गरेका थिए । नेपालमा यमनकी आमालाई क्यान्सर रोगले च्यापेपछि यमन आफ्ना श्रीमती तथा छोरी समेतलाई लिएर नेपाल फर्किएका थिए, त्यो पनि अब अमेरिका नफर्किने गरी । उनी नेपाल फर्किएपछि भने गीत संगीत तथा अभिनयमा नै रमाउन थालेका छन् । उनले केदार घिमिरे माग्ने बुढासँगको सहकार्यमा निर्माण गरेको टेलिचलचित्र खासखुस चर्चित बन्यो ।
त्यस्तै अमेरिकाबाट फर्केर नेपालमा कलाकारितामा जमेका राजाराम पौडेल पछिल्लो समयका निकै व्यस्त हास्यकलाकारका रुपमा चिनिन्छन् । उनी पनि अमेरिकाको करिब ७ वर्षको बसाइपछि नेपाल फर्किएर आएका हुन् । नेपाल फर्केर पनि कैयन चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका हुन् निकै व्यस्त कलाकारका रुपमा चिनिन्छन् । उनले कैयन सुपरहिट चलचित्रहरुमा पनि अभिनय गरे ।