गायनमा जम्दै अमेरिका निवासी बशन्ती राई, जगदिश समालसँग मिलेर नयाँ गीत


प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार

डान्सरको रुपमा परिचय बनाएकी अमेरिका निवासी कलाकार बशन्ती राई अहिले गायिकाका रुपमा जम्दै गएकी छिन् । बशन्ती राई र जगदिश समालको स्वरमा नयाँ गीत बरको छाया सार्वजनिक गरिएको छ । गीतको भिडियो न्युयोर्कमा विभिन्न स्थानमा छायांकन गरिएको छ ।

धन लामाको शब्द र बिमल डाँगीको संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । शंकर बीसीले निर्देशन गरेको गीतको भिडियोमा शंकर बीसी आफैले अभिनय समेत गरेका छन् । अर्की मोडल माया मेलिसा राईले शंकरलाई साथ दिएकी छिन् ।

शम्भु मोक्तानले भिडियो खिचेका छन् भने सम्पादन नविन घर्तीमगरले गरेका छन् । अडियो, भिडियो एण्ड पोष्ट प्रोडक्सन कृष्ण फिल्मस् एण्ड एड्भर्टाइजिङले गरेको हो ।

यसअघि बशन्ती राई र जगदिश समालकै स्वरमा लाने भए लैजाउ कान्छा बोलको गीत सार्वजनिक भएको थियो । जसमा महानायक राजेश हमालले अभिनय गरेका थिए भने वशन्ती राईले मोडलिङ समेत गरेका थिए ।

त्यस्तै बुलाकीले बोलको गीतमा पनि बशन्ती राईले शंकर बीसीसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको थियो । झुम्के बुलाकी बोलको लोक पप गीत समेत गाएकी वशन्तीको स्वरमा रहेको सोई ढोले सोई बोलको गीत युट्युबमा निकै लोकप्रिय भएको थियो ।

सोई ढोले सोईमा बशन्ती राई र राजेश पायल राईले स्वर दिएका थिए भने विल्सन बिक्रम राई, एलिसा राई लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com