ट्रम्प नीतिहीन र अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति : ह्यारी रिड


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

सिनेटका बहुमतपक्षका पूर्व नेता ह्यारी रिडले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नीतिहीन र अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् । बुधबार न्युयोर्क टाइम्स म्यागाजिनका लागि अन्तरवार्ता दिदै उनले ट्रम्प अनैतिकमात्र नभएर नीतिहीन समेत रहेको आरोप लगाएका छन् ।

नेभाडाका डेमोक्रेटिक नेता रिडले अन्तरवार्ताका क्रममा कुनै व्यक्तिलाई टाउकोमा नै गोली हान्दा समेत कुनै फरक नपरे जस्तै र कुनै विवेक नभएजस्तै ट्रम्पपनि विवेकहीन भएको आरोप लगाएका हुन् । प्यांक्रियाजको क्यान्सरका कारण गत मेमा शल्यक्रिया गराएका रिडले अन्तरवार्ताका क्रममा आफ्नो विराशतको विगतबारे पनि बोलेका छन् ।

रिड सन् २०१७ मा आफ्नो ५ बर्षे कार्यकालपछि रिटायर्ड भएका थिए । सन् २००७ देखि २०१५ सम्म सिनेटमा बहुमत पक्षको नेतृत्व गरेका उनले त्यसपछि अल्पमत पक्षको नेतृत्व गरेका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com