सरकार शटडाउनले न्युयोर्कको अध्यागमन अदालतमा ५३२० एसाइलम मुद्दाको सुनुवाई स्थगित


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण न्युयोर्कको अध्यागमन अदालतमा सुनुवाई तय भएका ५३२० मुद्दाको सुनुवाई स्थगित भएको  अमेरिकाभर भने ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको ती मुद्दाहरुको नयाँ सुनुवाई मिति बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन्

अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण जनवरी ११ सम्म ४२ हजार ७ सय ४६ वटा अध्यागमन मुद्दाहरुको सुनुवाई स्थगित भइसकेको छ । हरेक साता शटडाउन बढ्दैजाँदा प्रभावित हुने मुद्दाको संख्या २० हजारका दरले बढ्दै जाने ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लीयरिंगहाउसको तथ्यांकले देखाएको छ । शटडाउन जनवरीको अन्त्यसम्म पनि कायम भएमा कम्तीमा १ लाख अध्यागमनका मुद्दाहरु स्थगित हुने देखिएको छ ।
शटडाउन कायम रहदै गर्दा अमेरिकी अध्यागमन अदालतमा ब्याकलग पनि क्रमश बढ्दै गएको छ । नोभेम्बरको अन्त्यसम्म अमेरिकी अध्यागमन अदालतमा ८ लाख ९ हजार ४१ केसको ब्याकलग कायम रहेकोमा शटडाउनका कारण ब्याकलग अझ थपिएको छ । दुईदेखि ४ बर्ष कुरेर अदालतको सुनुवाई मिति पाएकाहरुले शटडाउन अन्त्यभएपछि फेरी दुईदेखि ४ बर्षपछिको नयाँ मिति पाउनेछन् ।

अमेरिकाका अध्यागमन अदालतहरुमध्ये क्यालिफोर्नियाको अदालतमा ९४२४, टेक्सासमा ५१४१, फ्लोरिडामा ४२३२, न्युजर्सीमा १८९४, मासाचुसेट्समा १८०५, भर्जिनियामा १७९१, मेरिल्याण्डमा १३६७ अध्यागमन मुद्दाको सुनुवाई स्थगित भएको छ ।

जनवरी १८ सम्म शटडाउन कायम रहेमा ६७ हजार सय २७ मुद्दाहरु स्थगित हुनेछन् भने जनवरी २५ सम्म शटडाउन कायम रहेमा ८६ हजार सय ९२ मुद्दाहरु स्थगित हुनेछन् फरबरी सम्म शटडाउन कायम रहेमा लाख हजार सय १२ अध्यागमन मुद्दाहरु स्थगित हुनेछन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com