ट्रम्प कार्यकालका आज २ बर्ष पूरा
प्रकाशित मिति : माघ ६, २०७५ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको आज दुईबर्ष पूरा भएको छ । सन् २०१७ को जनवरी २० मा ट्रम्पले ४ बर्षे कार्यकालका लागि पदभार सम्हालेका थिए ।
२ बर्षको अवधिमा ट्रम्पले अध्यागमनबारे विभिन्न कार्यकारी आदेश जारी गरे, कतिपय आदेश अदालतले कार्यान्वयनमा रोक लगाइदियो भने कतिपय आदेश कार्यान्वयन भए । तर संसदबाट भने अध्यागमन महत्वका कुनै पनि विधयेक पारित हुन सकेनन् ।
ट्वीटरमा भने राष्ट्रपति ट्रम्प निकै सकृय भए । ट्वीटरमा मिडियाहरुलाई गाली गर्नमा उल्लेख्य समय खर्चेका ट्रम्पका २ बर्ष उपलब्धीमा भन्दा धेरै हल्लामा वितेका छन् । आप्रवासीहरुलाई तर्साउन भने यो अवधिमा ट्रम्प राम्रै सफल भए ।
सिमानामा पर्खाल लगाउने एजेण्डाका साथ राष्ट्रपति बनेका ट्रम्पको यो एजेण्डा अहिलेसम्म पूरा हुन सकेको छैन । पर्खालकै विवादका कारण अमेरिकी सरकार डिसेम्बर २२ देखि शटडाउन भइरहेको छ । यही शटडाउनका बीच ट्रम्पले कार्यभार सम्हालेको दोश्रो बार्षिकी आएको छ ।
अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत रहेका कारण ट्रम्पका इच्छा अनुशारका कुनै पनि विधयेकहरु आगामी दुईबर्षमा पनि पारित हुने सम्भावना देखिन्न । डेमोक्र्याट्सहरुको सहमति विना प्रतिनिधिसभाबाट कुनै विधयेक पारित नहुने अवस्थामा सिनेटमा फिलिबस्टरका लागि समेत डेमोक्र्याट्सहरुको जरुरत पर्दछ ।