नबराज केसी को ‘लगेज फर लाइफ’अभियान
प्रकाशित मिति : माघ २७, २०७५ आईतबार
अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले अघि सारेको बिभिन्न योजनामध्ये लगेज फर लाइफ कार्यक्रमको पहिलो लगेज हालैमात्र काठमाडौं पुगेको छ ।
क्लबका प्रेसिडेन्ट इलेक्ट नबराज केसीका अनुसार असक्त बुढा-बुढी तथा बेसहाराहरुलाई आश्रय दिदै अाइरहेको पवित्र सेवा समाज काठमाडौंलाई उक्त लगेज उपलब्ध गराएको हो ! न्यूयोर्कबाट काठमाडौं जान लागेका नरेन्द्र आचार्यले उक्त लगेज आफ्नो साथै लगेर पबित्र सेवा समाजकी संचालक दिक्षा चापागाईलाई जिम्मा लगाएका हुन ।
रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सका संस्थापक तथा नवप्रबेसी सदस्यहरु अहिले क्लबले अघि सारेको योजनालाई साकार पार्न निरन्तर लागिपरेका छन ! अहिले न्यूयोर्कबाट नेपाल जान लागेका र तयारी गरिरहेका नेपालीहरु हामीले खोजी गरीरहेका छौ, प्रेसिडेन्ट इलेक्ट नबराज केसीले भने -हामीसँग अहिले करिब ७ वटा लगेज तयारी अवस्थामा छ ! यदि न्यूयोर्कबाट कोही नेपालीहरु काठमाडौं जादै हुनुहुन्छ भने सामाजिक सेवाको यो पुन्य कार्यमा हातेमालो गरेर लगेज फर लाइफलाई सफल बनाउन केसीले आग्रह गरेका छन ।
क्लबका प्रेसिडेन्ट इलेक्ट केसीको परिकल्पना हो, लगेज फर लाइफ ! लगेज फर लाइफ कपडा, खानेकुरा, स्टेसनरी लगायत दैनिक जीवनयापनका लागि अति आबस्यक बस्तुहरु जो खान, लाउन र दिनदैनिकी चलाऊन नसकेर अरुको सहारामा जीवन गुजारा गरिरहेकाहरुका लागि लक्षित कार्यक्रम हो ।
आगामी दिनमा लगेज फर लाइफ लगायत अन्य प्रभावकारी कार्यक्रमलाई समाजउन्मुख हुनेगरी योजना बुनिरहेको रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले यस सामाजिक संस्थामा आबद्ध हुन अपिल गरेको छ । लगेज फर लाइफ अन्तर्गत सन्चालित पहिलो लगेज प्राप्त गरेकी पवित्र सेवा समाजकी संचालक दिक्षा चापागाईले रोग, भोक र अभावमा बचिरहेका आमा, बाबा, बुढा-बुढीका लागि लत्ताकपडा तथा बन्दोबस्तीका सामान पठाएर रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले महान कर्म गरेको प्रतिकृया दिएकी छिन् । उनले यस प्रकारको सहयोग निरन्तर पाइरहने समेत बताएकी छिन् ।