न्युयोर्कमा २२ अस्पतालका ६ हजार बिरामीलाई अकस्मात सारियो ३३ अस्पतालमा


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बुधबार न्युयोर्कमा रहेका २२ वटा अस्पताल र ३ वटा नर्सिङहोमका झण्डै ६ हजार बिरामीहरुलाई अन्य ३३ अस्पताल र ७ नर्सिङहोममा अकस्मात सारिएको छ । न्युयोर्क सिटीमा कुनै संकट आइलागेमा कसरी बिरामीहरुलाई सुरक्षित स्थानमा रहेका अस्पतालहरुमा स्थानान्तरण गर्ने भन्ने अभ्यास स्वरुप लागि यसो गरिएको हो ।

न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले असुरक्षित र सुरक्षित क्षेत्र विभाजन गरेर आपतकालिन स्थानान्तरणको अभ्यास गरेको हो । अस्पतालहरुलाई एकघण्टाको समय दिएर यस्तो अभ्यास गराइएको थियो जसमा सिटीभरका एकहजार स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।

यो अभ्यास अहिलेसम्मकै ठूलो अभ्यास भएको जनाइएको छ । तीनघण्टालामो अभ्यासका क्रममा अस्पतालहरु आपतालिन अवस्थामा बिरामीहरु अन्यत्र स्थानान्तरण गर्न सफल हुने नहुने परिक्षण गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com