इरानविरूद्धको आक्रमणबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको चेतावनी


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरूद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिनुभएको छ ।

जेरूसेलम भ्रमणमा रहेका जोन बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग बोल्दै उहाँले भन्नुभयो, “इरान वा उसका सहयोगी अन्य कुनै मुलुकले घटनालाई कमजोरी नठानोस् । यो त केबल अमेरिकाद्वारा धेरै मानिसको क्षति नहोस भन्नका लागि अपनाएको सावधानी हो ।”

“उक्त समय अमेरिकाले संयमित नबनेको भए धेरै निर्दोष इरानी सर्वसाधारणको पनि ज्यान जानसक्थ्यो,” उहाँले भन्नुभयो ।

उहाँले नेतन्याहुसँग भेटेपछि संयुक्त प्रतिक्रिया दिँदै भन्नुभयो, “मध्यपूर्वका जनतामाथि धावा बोल्ने अधिकार कसैलाई छैन ।”

बोल्टनले इरानलाई आणविक हतियार निर्माण गर्न र भण्डारण गर्न कहिल्यै दिइने छैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरिसकेको जनाउँदै अमेरिकी सेना तयारी अवस्थामा रहेको बताउँनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com