विमानस्थल बनाउन २४ लाख रुख काट्ने सरकारी तयारीबिरुद्ध प्रदर्शन
प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार
सरकारले निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रूख काट्ने तयारी गरेपछि त्यसकाे विराेधमा प्रदर्शन गरिएकाे छ । साेमबार काठमाडाैंमा वातावरण संरक्षणको पक्षमा रहेका युवाहरूले सरकारकाे त्यस निर्णयकाे विराेध गरेका हुन् । प्रदर्शनकारीले २४ लाख रूख काट्नुको कारण माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एउटा बिरुवा नरोप्नेले २४ लाख रूख काट्ने’, ‘हरियो वन कसको धन ?’, ‘पैसाको हात्ती बचाउन जंगलको हात्ती सक्काउने’, ‘चिलगाडीभन्दा चिल प्यारो, एयरपोर्टभन्दा रूख राम्रो’ सहित लेखिएका प्ले–कार्ड बोकेका थिए । सोमबार बिहान माइतीघरमा भएको प्रदर्शन ‘चुरे बचाउन हामी सबै एकजुट’ भन्ने नारासहित चुरे मधेस विकास मञ्चको आयोजनामा भएको हो ।
दिपेन्द्र ढुंगानाको फोटो फिचर ।