युनिसेफबाट आयोजित जेनेरेशन अनलिमिटेडमा कञ्चन अमात्य नियुक्त
प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार
युवा जमातको शशक्तिकरणका लागि युनिसेफबाट आयोजित साझेदारी कार्यक्रम जेनेरेशन अनलिमिटेडमा नेपाली युवा कञ्चन अमात्य नियुक्त भएकी छिन् । उनलाई युनिसेफकी कार्यकारी निर्देशक हेनरेता एच फोरले जेनेरेशन अनलिमिटेड नियुक्त गरेकी हुन् ।
जेनेरेशन अनलिमिटेड हरेक युवा पुस्तालाई सन् २०३० सम्म रोजगारी, तालिम र शिक्षाको सुनिश्चितताका लागि युनिसेफको विशेष प्रयास हो । जसको ग्लोबल बोर्डमा कञ्चन नियुक्त भएकी हुन् ।
जेनेरेशन अनलिमिटेडको नेतृत्वमा राष्ट्रसंघ महासचिव एन्टोनियो गुटिरेजका साथमा रुवाण्डा र टोबागोका राष्ट्रपतिहरु को चेयर रहेका छन् । त्यस्तै राष्ट्रसंघका विशेष शिक्षा दूत गोर्डन ब्राउन, केन्या र कोर्सियाका राष्ट्रपतिहरु, विश्व बैंक समुहका पूर्वअध्यक्ष जिम किम लगायत यसको नेतृत्वमा रहेका छन् ।
जेनेरेशन अनलिमिटेडको ग्लोबल बोर्डमा नियुक्त कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छन् ।