गृहमन्त्रीका भाइको ‘हिरासत’ अस्पताल


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ ।’

ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एक क्याबिन रुम लिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com