यस्तो ,छ ६५ वर्ष लामो नेपाल-चीन सम्बन्ध


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

चिरञ्जीबी भट्टराई/औपचारिक तथा कुटनीतिक रुपमा नेपाल–चीनबीचको सम्बन्ध झण्डै ६५ वर्ष लामो छ । परम्परागत रुपमा ऐतिहासिक किम्क्दन्ती अनुसार चीनका धार्मिक ऋषि मन्जुश्रीले नेपाल घुम्न आउँदा विशाल तालको रुपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारको डाँडालाई काटेर बाहिर पठाएपछि व्यवहारिक रुपमा नेपाल–चीन बीचको सम्बन्ध सुरु भएको पाइन्छ ।

धार्मिक रुपमा पहिलो शताब्दीमा नै नेपालबाट बुद्ध धर्मको चीनमा विस्तार भएको पाइन्छ । चिनियाँ भिक्षु फा सियान र नेपाल भिक्षु बुद्धभद्रले एक अर्काको देशमा भ्रमण गरी संयुक्त रुपा बौद्ध भर्मका शास्त्रपादहरु अनुवाद गरेका थिए ।

सामाजिक रुपमा सातौं शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्वतका राजा सङचङ गम्पोसँग भएपछि विकास भएको पाइन्छ ।

१३ औं शताब्दीमा नेपालका कलाकार अरनिकोले बेइजिङमा प्यागोडा शैलीको सेतो मन्दिर बनाएका थिए । यसले पनि नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै थियो भन्ने पुष्टि गरेको छ ।

सन १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र घोषणा भयो । पहिलो राष्ट्रपति चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङ र प्रधानमन्त्री चाउ एनलाई बने । त्यसपछि भने नेपाल–चीनबीचको सम्बन्ध ओझेलमा परेको थियो ।

वि.सं. २००७ सालमा नेपालमा राणा शासनको अन्त्यसँगै राजतन्त्रसहितको बहुदलीय व्यवस्था स्थापना भयो । त्यसपछि आधुनिक नेपालको सुरुवातसँगै शासकहरुले चीनसँगको सम्बन्धको विस्तारका लागि पहलकदमी गरे ।

सन १९५५ अप्रिल २४ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा नेपालका राजा महेन्द्र र चीनका प्रधानमन्त्री चाउ एनलाईबीच भेटवार्ता भयो । उक्त भेटवार्तापछी दुवै देशले कुटनीतिक सम्बन्ध सुचारु गर्न तयार भए ।

दुई मुलुकबीचको समझदारी पनि चिनियाँ पक्ष र नेपालीपक्षबीच छलफल भयो र औपचारिक रुपा सन १९५५ अगस्ट १ गते दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध स्थापना भयो ।

सन १९५५ डिसेम्बर २४ मा नेपालले औपचारिक रुपमा संवयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त ग¥यो भने चीन सन १९७२ मा मात्र सदस्य बन्यो ।

नेपाल र चीनबीचत कुटनीतिक सम्बन्ध कायम भएपछि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक तथा व्यापारिक सम्बन्धको विकास भएको छ । नेपाल र चीन दुवै राष्ट्र पञ्चशीलको सिद्धान्तमा आस्था राख्ने मुलुक भएकाले पनि समान धारणा देखिन्छ ।

सन १९५६ मा नेपाल र चीनबीच व्यापार ताथ पारबाहन सम्झौता भई दुई देशबीचको व्यापारलाई सहज बनाइयो । २५ जनवरी १९५६ मा नेपाल सरकारको निमन्त्रणामा चीनका प्रधानमन्त्री चाउएनलाई चार दिनका लागि नेपाल भ्रमण आए ।

सन १९६० को मार्च महिनामा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला चीनको राजकीय भ्रमण गरे। त्यसबेला नै दुई देशबीचको सीमालाई वैज्ञानिक रुपमा रेखांकन गर्न नेपाल चीन संयुक्त सीमा कमिटी गठन भएको थियो ।

नेपालको सार्वभौमसत्ताको सधैं उच्च रम्मान गर्दै आएको चीन पछिल्लो समय लिपुलेक विवादमा जोडीन पुगेको छ । नेपालको भूभाग लिपुलेक भारत र चीनको सिमानासँग जोडिएको छ त्यस स्थानमा नेपाललाई बेवास्ता गरी चीन र भारतले एकपक्षीय रुपमा २०७२ जेठ १ मा बेइजिङमा व्यापारिक नाका खोल्ने सम्झौता गरे । जसको विरोध नेपालले अझैपनि गरिरहेको छ ।

सन् १९६४ मा स्वतन्त्र तिब्तका नाममा सशस्त्र विद्रोह गरेका खम्पाहरु तिब्तबाट भागेर हतियारसहित नोपल प्रवेश गरे । तेपालको मुस्ताङमा बसेका उनीहरुलाई नेपाली सेनाले निशस्त्र बनाएको थियो । अहिलेपनि तिब्बती शरणार्थीको रुपमा २० हजार व्यक्तिहरु नेपालमा बसोबास गरेका छन् । नेपालले स्वतन्त्र तिब्तका नाममा कुनैपनि गतिविधि गर्न निषेध गरेको छ ।

भारतले तिब्ती धार्मिक नेता दलाई लामालाई राजनीतिक शरण दिएको छ । त्यसैले चीन विरोधी गतिविधि गर्नका लागि नेपाल रणनीतिक महत्वको ठाउँ भएकाले नेपाल र चीन सरकार संवेदनशील भएको देखिन्छ ।

चीनविरुद्धमा आफ्नो भूमि प्रयोग गर्न नदिने र एक चीन नीतिमा नेपालले आफ्नो प्रतिवद्धता जनाएकाले चीनले पनि नेपाललाई विश्वासिलो असल छिमेकीको रुपमा व्वयवहार गर्दै आएको छ ।

चीनले नेपालमा बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, टायर उद्योग, ईटा र टायल कारखाना, हेटौडा कपडा उद्याग, चिनी कारखाना, निजामतीलगायतका अस्पताल, विभिन्न भवन निर्माण, सडक, जलविद्युत, प्राविधिक शिक्षालय, सुरक्षा निकायका लागि आर्थिक, भौतिक, प्राविधिक लगायतका क्षेत्रमा सहयोग गरेको छ ।

पछिल्लो समय नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । गणतन्त्र स्थापनासँगै बदलिएको परिस्थितिमा नेपाल र चीनबीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढीरहेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले सन २०१३ मा युरोप र एसियाका मुलुकसँग चीनको सम्पर्क र साझेदारी विस्तारका लागि महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’को अवधारण लाई अगाडि बढाएका थिए । यो परियोजनामा पहिलो चरणमा ८ खर्ब ९० अर्ब अमेरिकी डलर खर्च हुने अपेक्षा चीनको छ । यो परियोजनामा नेपालले चीनलाई निरन्तर सहयोग गरिरहेको छ ।

यस बाहेक नेपालले चिनिया लगानीकर्ताहरुलाई नेपालको पर्यटन, उर्जा, व्यपार तथा ठुला पूर्वाधारमा लगानी गर्न आवहान गर्दै आएको छ । दुवै देशले बहुआयामिक कनेक्टिभिटी सञ्चालको निर्माणलाई सक्रिय रुपमा अगाडी बढाउन समेत चीनले नेपालसँग सहकार्य गरिरहेको छ ।

चीनबाट अहिले सम्म नेपालमा १२ वटा उच्चस्तरीय भ्रमण भएका छन् । जसमध्ये राष्ट्रपति स्तरिय भ्रमण अहिले तेस्रो पटक हुँदै छ । यसअघि १९८४ मार्ज १९ देखि २३ सम्म चिनियाँ राष्ट्रपति ली सियाननियानले भ्रमण गरेका थिए । त्यस्तै सन १९९६ को डिसेम्बर ४ देखि ५ सम्म राष्ट्रपति जियान जेमिन भ्रमणमा आएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com