गरिबका घर बनाउँदैमा व्यस्त पूर्व अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

सोमबार राती आफ्नै घरमा लडेपछि पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ । जर्जियाको आफ्नै घरमा लडेका कार्टरको हड्डी टुटेको जनाइएको छ ।

यसै महिना ९५ बर्षमा पाइला टेकेका दुईसाता अगाडि पनि आफ्नै घरमा लडेका थिए । चर्च जानका लागि तयार हुँदै गर्दा लडेका उनलाई १४ टाँका लगाउनुपरेको थियो ।

पूर्व राष्ट्रपति कार्टर कलेजो र दिमागको क्यान्सरबाट पीडित थिए । उनको क्यान्सर सन् २०१५ मा निको भएको थियो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताको जीवन उकास्न काम गरिरहेका छन् । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुन् । यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com