जेफ बेजोसले गुमाए विश्वका सबैभन्दा धनी व्यक्तिको टाइटल


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

विश्वका धनीहरुको सुचीमा धमाकेदार परिवर्तन भएको छ । अमेजनका संस्थापक जेफ बेजोसले विश्वका सबैभन्दा धनी व्यक्तिको टाइटल गुमाएका छन् ।

उनको कम्पनीको स्टक मुल्यमा बिहिबार ७ प्रतिशत गिरावट आएपछि बेजोस विश्वका धनीहरुको सुचीमा दोश्रो नम्बरमा झरेका हुन् । बेजोसको सम्पत्ति अहिले १०३ दशमलव ९ बिलियनमा झरेको छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति १०५ दशमलव ७ बिलियन रहेको छ । उनी बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिमा दरिन पुगेका छन् ।

५५ बर्षका बेजोस सन् २०१८ मा १६० बिलियन डलरको सम्पत्तिका मालिक बनेर विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । सन् १९९८ देखि फोब्र्सको धनीहरुको सुचीमा परेका बेजोसको सम्पत्ति त्यतीबेला १ दशमलव ६ बिलियन रहेको थियो ।

तर बेजोसको सम्पत्ति स्टकमा गिरावट आएका कारणमात्र घटेको होइन । उनले पत्नीसँग गरेको डिभोर्सका कारण उनले अमेजनको चौथाई सम्पत्ति श्रीमतिलाई दिनुपरेको थियो । उनकी श्रीमति अहिले ३२ दशमलव ७ बिलियन सम्पत्तिका साथमा विश्वका २० धनीमा पर्छिन् ।

बिल गेट्स पहिलोपटक १ दशमलव २५ बिलियन डलरको सम्पत्तिका साथमा सन् १९८७ मा फोब्र्सको सुचीमा परेका थिए । सन् २०१४ मा उनी माइक्रोसफ्टको अध्यक्षबाट हटेका थिए । यद्यपी उनी बोर्ड सदस्यमा भने अझै पनि छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com