मृत्यु जितेपछि गरिबका घर बनाउन व्यस्त पूर्व अमेरिकी राष्ट्रपति कार्टर भन्छन् – मृत्युसँग सहज अनुभव गरें


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

९५ बर्षीय पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले सन् २०१५ मा नै आफूले पूर्णरुपमा मृत्युसँग सहज महसुस गरिसकेको बताएका छन् । डाक्टरले उनको मस्तिष्कमा क्यान्सर फैलिएको बताएपछि उनले मृत्युलाई सहजरुपमा अँगाल्न तयार भएको बताएका छन् ।

आइतबार चर्चमा बोल्दै उनले त्यतीबेला आफूले प्राकृतिक रुपमा नै एकदम छिटो मृत्युवरण गर्न लागेको अनुभव गरेको सुनाएका छन् । उनले भने – ‘मैले निश्चयपनि त्यतीबेला भगवानसँग प्राथना गरें । तर मलाई बचाउनका लागि होइन कि मृत्युको सामुन्ने उपयुक्त रवैया दिनका लागि प्राथना गरें ।’

गत अक्टोबरमा ९५ बर्षमा पाइला टेकेका पूर्व राष्ट्रपति कार्टरले सन् २०१५ मा कलेजो र दिमागको क्यान्सरलाई जितेका थिए । त्यसपछि उनी गरिबका घर बनाउनमा व्यस्त रहदै आएका छन् । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताको जीवन उकास्न काम गरिरहेका छन् । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुन् । यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com